ad ad

समाज


पाँच सय बढीले खाए खुला मञ्चमा खाना

पाँच सय बढीले खाए खुला मञ्चमा खाना

नेपालखबर
भदौ १५, २०७७ सोमबार १३:१३,

हन्ड्रेड समूहले काठमाडौंको खुलामञ्च स्थित बसपार्कमा निषेधाज्ञाका कारण समस्यामा परेका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भए देखि नै यो समुहले उपत्यकाका विभिन्न ठाउँमा खाना खुवाउँदै आएको थियो। पछिल्लो समय निषेधाज्ञा जारी भएपछि भने काठमाडौंको खुला मञ्चमा खाना खुवाउँदै आएको छ।

सोमबार पनि दिउँसो चार बजेपछि हन्ड्रेड समुहले खुलामञ्च पुगेर खाना खुवाएको हो। खाना खानका लागि दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका मानिसहरु दिउसो ३ नबज्दै खुलामञ्च पुगेका थिए। खाना खान बालबालिका देखि युवा र वृद्धहरु समेत पुगेका छन्। बसपार्क रहेको स्थानमा मानिसहरु लाइनमा बसेर खाना खाने व्यवस्था मिलाइएको छ।

khulamanvha-lhana.jpg

केही युवाहरुले खाना खाने ठाउँलाई निसंक्रमण गर्ने काम लिन्छन भने केही युवाहरु खाना वितरण गर्छन्। एक दिनमा ५ सय भन्दा बढी मानिसहरुले पेटभरी खाना खान पाउँछन् । सोमबार भने खाना खाने विषयमा केही युवाहरु बीच झडप भएको छ।

खाना खान आउने केही युवाहरुले खाना खुवाउने समुहसँग विवाद झिक्दा झडप हुन पुगेको थियो। तर पनि खाना खुवाउने काम भने रोकिएन। विवाद गर्न आउनेहरु शान्त भएपछि युवाहरुले खाना खान आउने मानिसहरुलाई खाना खुवाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .