ad ad

राजनीति


भारतका पूर्व राष्ट्रपतिको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ : प्रधानमन्त्री ओली

भारतका पूर्व राष्ट्रपतिको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ : प्रधानमन्त्री ओली

नेपालखबर
भदौ १५, २०७७ सोमबार १३:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको बताएका छन्।

‘उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ। सार्वजनिक जीवनको बिभिन्न हैसियतमा रहँदा उहाँले नेपाल–भारत सम्बन्ध बलियो बनाउने पुर्‍याएको योगदान हामी सम्झिरहन्छौं,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

मुखर्जीको निधनबाट आफू निकै दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

मुखर्जीको आज साेमबार दिल्लीस्थित आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलमा निधन भएकाे हाे।

याे पनि: 
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .