समाज


आश्रममा बितेका बृद्धको स्वाव संकलनपछि गरियाे दाह संस्कार

आश्रममा बितेका बृद्धको स्वाव संकलनपछि गरियाे दाह संस्कार

नेपालखबर
भदौ १५, २०७७ सोमबार ९:७,

काठमाडौंको तिलगङ्गास्थित शान्ति सेवा गृहमा ज्यान गुमाएका बृद्धको दुई दिनपछि दाहसंस्कार गरिएको छ।

शुक्रबार राति मृत्यु भएका उनको आइतबार अपरान्ह दाहसंस्कार गरिएको हो।

गौशाला प्रहरीका अनुसार कोरोना संक्रमितकै जसरी उनको पनि दाहसंस्कार गरिएको छ। तर उनको दाहसंस्कारमा अरु संक्रमितको जसरी सेनाको टोलीले भने गरेको होइन।

आश्रमकै कर्मचारी र गौशलास्थित प्रहरीको टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरेका छन्।

त्यसअघि आइतबार स्वास्थ्यकर्मीले उनको स्वाव लिएका थिए। उनको मृत्युको कारण नखुले पनि कोरोना संक्रमितको जसरी नै सुरक्षा अपनाएर अन्त्येष्टि गरिएको छ।

२५ वर्षदेखि उक्त आश्रममा बस्दै आएका बृद्ध शनिबार नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले उनको मृत्यु भएको पुष्टि गरेपनि दाह संस्कार भने हुन सकेको थिएन।

कसले र कसरी गर्ने भन्ने प्रक्रिया मिलाउँदा समय लागेको गौशला प्रहरी बृत्तले जनाएको छ।

बृद्धमा केहीदिनदेखि उच्च ज्वरो देखिएकाले कोरोना संक्रमणबाट ज्यान गएको आशंका आश्रमका कर्मचारीले गरेका छन्। कोरोना परीक्षणको रिपोर्ट भने आइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad