कारोबार


इन्द्रजात्रामा सानिमा बैंकको ‘क्यूआर कोड’ यात्राको सौगात

इन्द्रजात्रामा सानिमा बैंकको ‘क्यूआर कोड’ यात्राको सौगात

नेपालखबर
भदौ १५, २०७७ सोमबार ९:१२,

इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना।

यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल ‘कन्ट्याक्टलेस’ भुक्तानीको सरल, सुरक्षित माध्यम ‘क्यूआर कोड’ को लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्नेछन्।

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन्। जसका लागि यो लिंक मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन किनेछ।

यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि (लिंकमा क्लिक गर्नुहोस्) आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ।

यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नेछन्। यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad