समाज


सैनिक मुख्यालयमा कार्यरत जवानले आफैंलाई गोली हाने

सैनिक मुख्यालयमा कार्यरत जवानले आफैंलाई गोली हाने

नेपालखबर
भदौ १४, २०७७ आइतबार ५:५७,

नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्।

उनी भद्रकालीस्थित आर्मी पेट्रोल पम्पमा कार्यरत थिए। उनले ड्यूटीमै रहेको बेला गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

आइतबार बिहान ३ बजे ड्यूटीमा रहेका ती सैनिकले आफैंले बोकेको हतियार प्रयोग गरी कन्चडमा गोली हानी हत्या गरेका हुन्।

सैनिक प्रहरीले नेपाल प्रहरीको समान्पयमा पोस्टमार्टम गर्ने र घटनाको अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

यस्तै सैनिक कार्यविधि अनुसार थप प्रक्रिया भइरहेको र आफन्तलाई खबर गरिएको प्रवक्ता पौडेलले बताएका छन्।  उनको घर तनहुँको रानीपोखरी हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad