समाज


अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

नेपालखबर
भदौ १३, २०७७ शनिबार १२:५५,

दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ।

गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उनका जेठाजु टेकबहादुर शाहीले बताए। दरबन्दीका चिकित्सक स्वास्थ्य केन्द्रमा नभएकाले र सदरमुकामबाट सात घण्टाभन्दा बढी समय लाग्ने विकट ठाउँ भएकाले पनि उपचार अभावमा सुत्केरीको मृत्यु भएको स्थानीयवासीले बताएका छन्। शाहीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएपछि स्थानीयवासीले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन्।

स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले व्यवस्थापन गर्दागर्दै आवश्यक सामग्री र चिकित्सक नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसक्ने भइसकेपछि सिफारिस गरिएको बताए। बच्चाको अवस्था सामान्य रहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad