भारत प्रशासित जम्मुमा काँडे तारले बारिएको सीमा मुनि सुरुङ भेटिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रसम्ममा ५० मिटरको सुरुङ रहेको बताइएको छ।
सुरुङ २५ फिट गहिरो छ। यो सुरुङ घुपैठाहरुका लागि र पाकिस्तानबाट हुने हतियार तथा लागूपदार्थ तस्करीका लागि प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ। इकोनोमिक टाइम्स
प्रतिक्रिया