समाज


नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १०:५५,

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा कोरोना संक्रमणबाट ४ महिला र ८ पुरुष गरी १२ जनाको मृत्यु भएको बताए।

मृत्यु हुने मोरङका ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया गरी चार महिलाको रहेका छन्।

त्यस्तै उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५, झापाका, ८३, कास्कीका ५२, चितवनका ५१ र रुपन्देहीका ६० वर्षीय गरी ८ पुरुषको निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad