कैलालीको घोडाघोडीमा छोराले वृद्ध बुवाको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते बनाएका छन्।
प्रहरीक अनुसार घोडाघोडी नगरपालिका-११, सिसैया टोलका ५५ वर्षीय उदय रावतले आइतबार मध्यराति हसियाँले हानेर बुवा ७५ वर्षीय काल्चे रावतको हत्या गरेका हुन्।
साथै उनको आक्रमणबाट आमा ६० वर्षीया कुट्टी भन्ने नन्दा रावत पनि गम्भीर घाइते भएकी छन्। घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि नन्दालाई बिहान साढे २ बजेतिर कोहलपुर अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनालगत्तै फरार भएका उदयलाई प्रहरीले सोमबार बिहान ३ बजे पक्राउ गरेको छ।
राति मादक पदार्थ पिएर आएका उदयले बुवा र आमालाई हसियाँले जथाभावी हानेका थिए। हत्याकाे कारणबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
3
Shares

प्रतिक्रिया