ad ad

समाज


ठमेलमा बिहानै लुटियो ५० हजार, लुटेराको खोजी जारी

ठमेलमा बिहानै लुटियो ५० हजार, लुटेराको खोजी जारी

नेपालखबर
साउन ६, २०७६ सोमबार ३:५५,

राजधानीकाे व्यस्त पर्यटकीय स्थल ठमेलमा सोमबार बिहानै लुटपाट भएको छ।

ठमेलस्थित सञ्चयकोष र नर्सिङ चोकको बीचबाट परिचय नखुलेका तेस्रो लिंगीले एक युवकको साथमा रहेको ५० हजार रुपैयाँ लुटेर लगेका हुन्।

बिहान सवा ४ बजे ती तेस्रो लिंगीले काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ घर भएका २७ वर्षीय विश्व सापकोटाको साथबाट ५० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ लैनचौरस्थित प्रहरी वृत्तको प्रहरी टोलीले लुटेराको खोजी गरिरहेको छ।

घटनास्थल लैनचौर प्रहरी वृत्तबाट १ किलोमिटर पूर्व पर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .