समाज


नुहाउन गएका तीन युवतीको पोखरीमा डुबेर मृत्यु

नुहाउन गएका तीन युवतीको पोखरीमा डुबेर मृत्यु

नेपालखबर
साउन ६, २०७६ सोमबार १:३०,

दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो।

प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad