ad ad

समाज


प्रदेश २ का कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, ६४ जनाको मृत्यु

प्रदेश २ का कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, ६४ जनाको मृत्यु

शैलेन्द्र महतो
भदौ ९, २०७७ मंगलबार १२:३३,

प्रदेश २ मा कोरोना संक्रमणको तीव्र रुपमा बढ्दै गएको छ। मंगलबार प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ।

समाजिक विकास मन्त्रालय प्रदेशको तथ्यांक अनुसार मंगलबारसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार १८१ पुगेको हो।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १६४ जना कोरोना संक्रमित फेला परेका छन्। मंगलबार सबभन्दा बढी सर्लाहीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयका वरिष्ट चिकित्सक डा. कमलेश यादवले जानकारी दिए।

उनका अनुसार धनुषामा ३८ जना, महोत्तरीमा १७ जना, सिरहामा १५ जना, बारामा १७ जना, रौतहटमा २६ जना र पर्सामा १ जनामा कोरोना पुष्टि भएको हो। मंगलबार भेटिएका १६४ संक्रमित मध्ये २६ जना महिला छन्।

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमाणबाट दुई जनाको मृत्यु भएको छ। महोत्तरीको बलवा नगरपालिका ७२ वर्षीय एक पुरुष र सिरहाको लहान नगरपालिका १२ का २२ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .