ad ad

समाज


कन्ट्याक्ट ट्रेसिङमार्फत गण्डकीमा थपिए ८ कोरोना संक्रमित

कन्ट्याक्ट ट्रेसिङमार्फत गण्डकीमा थपिए ८ कोरोना संक्रमित

नेपालखबर
भदौ ८, २०७७ सोमबार ३:४५,

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहान ८.३५ बजे गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय थपिएका ८ जना व्यक्ति कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ।

पछिल्लोपटक थपिएका संक्रमितमध्ये स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जना र तनहुँको ब्यास नगरपालिकाका १ जना गरी २ जना नेपाली सेनामा कार्यरत रहेका छन् भने  म्याग्दीको बेनी नगरपालिकाका अर्का एक जना  नेपाल प्रहरीमा कार्यरत छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८८ पुगेको छ  भने निको हुनेको संख्या १ हजार ६१२ रहेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .