ad ad

समाज


यी हुन् कोरोनासम्बन्धी अहिलेसम्मका खास विश्वखबर

यी हुन् कोरोनासम्बन्धी अहिलेसम्मका खास विश्वखबर

नेपालखबर
भदौ ८, २०७७ सोमबार ३:३०,

कोरोना महामारीसम्बन्धी विश्वभर नयाँ खास के के भएका छन् ? त्यसबारे तल प्रस्तुत छ- अहिलेसम्म ताजा खबर : 

–विश्व स्वास्थ्य संगठनले १२ वर्षदेखि माथिका बालबाकिाले पनि वयस्क व्यक्तिले जस्तै मास्क लगाउनुपर्ने सुझाव दिएको छ।

–जर्मनीमा अप्रिलयता फेरि संक्रमण बढ्ने थालेपछि धेरै राजनीतिक नेताले भोजभतेर र पार्टीमा प्रतिबन्ध लगाउन माग गरेका छन्।

–ब्रिटेनका प्रमुख स्वास्थ्य सल्लाहकारले बालबालिकालाई स्कुल नपठाउँदा कोरोनाबाट हुनेभन्दा बढी हानि हुने बताएका छन्।

–अमेरिका र ब्राजिलपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण भारतमा फैलिरहेको छ। जहाँ अहिलेसम्म ३० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

–पेरुमा लकडाउन नियम उल्लंघन गर्दै एक नाइटक्लबमा आयोजित पार्टीमा प्रहरीले छापा मार्दा भएको भागदौडमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

–अमेरिकाको डेमोक्रिटक पार्टीबाट राष्ट्रपति उम्मेदवार जो बाइडनले आफूले चुनाव जित्ने दाबी गर्दै जितेपछि वैज्ञानिकको सल्लाहअनुसार कोरोना संक्रमण रोक्न देशमा सटडाउन गर्ने बताएका छन्।

–जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसमम कोरोनाबाट ८ लाख ५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .