ad ad

समाज


कोरोनाका बिरामी बचाउन प्रभावकारी देखिएपछि अमेरिकामा ‘प्लाज्मा थेरापी’लाई अनुमति, यो कस्तो उपचार हो?

कोरोनाका बिरामी बचाउन प्रभावकारी देखिएपछि अमेरिकामा ‘प्लाज्मा थेरापी’लाई अनुमति, यो कस्तो उपचार हो?

नेपालखबर
भदौ ८, २०७७ सोमबार १:५५,

अमेरिकामा कोरोना संक्रमितको उपचार ‘प्लाज्मा थेरापी’ विधिबाट गर्न सरकारी अनुमति प्राप्त भएको छ।

त्यहाँको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडीएले त्यस्तो अनुमति दिएको हो।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत एफडीएले कोरोना उपचारमा प्लाज्मा थेरापीलाई अनुमति दिएको जानकारी दिएका हुन्।

यस क्रममा उनले यो विधिबाट कोरोनाबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने दाबी गरेका छन्।

के हो प्लाज्मा थेरापी?
कोरोना संक्रमण भई निको भएका व्यक्तिको रगतको प्लाज्मा तत्व अन्य कोरोनाकै बिरामीमा दिएर गरिने उपचार नै प्लाज्मा थेरापी हो।

निको भएका मानिसको रगतको प्लाज्मामा कोरोना भाइरसविरुद्ध बनेको एन्टिबडी अरू बिरामीको शरीरमा हाल्ने यो विधि हजारौं मानिसमा प्रयोग गरिसकिएको छ।

एफडीएले दिएको प्रारम्भिक विवरणअनुसार कोरोना संक्रमण भएको सुरुकै अवस्थामा प्लाज्मा थेरापी गर्दा उनीहरू बाँच्ने सम्भावना ३५ प्रतिशतले बढेको पाइएको छ।

प्रारम्भिक परीक्षणमा यो उपचार विधि सुरक्षित देखिएको एफडीएले जनाएको छ।

तर थप परीक्षण तथा अध्ययन गरेर मात्र यसको प्रभावकारिता एकिन गर्न सकिने वैज्ञानिकले बताएका छन्।किनकि कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने सम्भावना नकार्न नसकिने उनीहरुकाे भनाइ छ। 

अमेरिकामा झन्डै ७० हजार कोरोनाका बिरामीमा यसको प्रयोग भइसकेको बीबीसीले उल्लेख गरेकाे छ। 

नेपालमा पनि यसको प्रयोग थालिएको छ। यसबाट एक जना कोरोना संक्रमितको सफल उपचार पनि भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .