ad ad

समाज


पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै

पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै

नेपालखबर
भदौ ८, २०७७ सोमबार १:५४,

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण अमेरिकामा भन्दा भारतमा दुई गुणा बढी मानिसले ज्यान गुमाएका छन्।

यस बीचमा संक्रमित पनि विश्वमै सबैभन्दा धेरै भारतमा फेला परेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा आठ सय ४६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ६१ हजार सात सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

अमेरिकामा भने पछिल्लो २४ घण्टामा चार सय ३० जनाको मृत्यु भएको छ भने ३२ हजार सात सय १८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा झण्डै पाँच सयले ज्यान गुमाएका छन् भने २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

यस अवधिमा विश्वभर कोरोना संक्रमणको कारण चार हजार दुई सय ३५ जनाले ज्यान गुमाएका वल्डओमिटरमा उल्लेख छ। दुई लाख ६ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .