पूर्व संघीय न्यायाधीशसमेत रहेकी ८३ वर्षकी म्यारीयानले आफ्ना भाई ‘सिद्धान्तहिन व्यक्ति भएको र क्रुर’ रहेको बताएको अडियो सार्वजनिक भएको छ।
अडियोमा म्यारीयानले ट्रम्पको चर्को आलोचना गरेको सुन्न सकिने द गार्जेनले उल्लेख गरेको छ।
यो अडियोलाई म्यारीयानकी भान्जी म्यारी ट्रम्पले रेकर्ड गरेको बताइएको सीएनएनले जनाएको छ।
म्यारीले हालै डोनाल्ड ट्रम्पको निन्दा गरिएको पुस्तक ‘टु मच एन्ड नेभर इनफः हाउ माई फ्यामेली क्रियटेड द वर्ल्ड मस्ट डेन्जरियस म्यान’ नामको पुस्तक सार्वजनिक गरेकी थिइन्।
उक्त पुस्तकमा ट्रम्पलाई खतरनाक व्यक्तिको रुपमा चर्चा गरिएको छ। म्यारीका अनुसार सन् २०१८ र सन् २०१९ मा हाल सार्वजनिक गरिएको अडियो रेकर्ड गरिएको थियो।
सन् २०१८ मा रेकर्ड गरिएको एक अडियोमा ट्रम्पकी दिदी म्यारीयानले फक्स न्युजमा आफ्ना भाईको अन्तर्वार्ता हेरेको उल्लेख गरिकी छिन्।
ट्रम्पले त्यहाँ आफ्नी दिदीलाई आमाबुबाबाट छुट्याइएको आप्रवासी बच्चाहरूको अवस्थाको बारेमा निरीक्षण गर्न सीमामा राख्ने बताएका थिए।
यस विषयमा उनले ट्रम्पलाई भनेकी छिन्,‘यदी तिमी धार्मिक व्यक्ति भएको भए तिमीले मानिसलाई सहयोग गर्न चाहन्थ्यौं। अरुलाई छुट्याउन चाहँदैनथ्यौं।’
अडियोमा म्यारीयानले ट्रम्प सिद्धान्तहिन व्यक्ति भएको, क्रुर रहेको साथै ट्रम्पले ट्वीटरमा झुठो बोल्ने गरेको पनि उल्लेख गरेकी छिन्। एजेन्सी

प्रतिक्रिया