नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छोडेर ठूलो संख्यामा नेताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
विप्लवको पार्टी छोड्नेमा तत्कालीन मध्य केन्द्रीय कमाण्डका सैन्य कमाण्डर जीवन लामा (जिमी)को नेतृत्वमा ब्युरो सदस्यहरू प्रह्लाद फुयाल, गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेताहरू रहेको जसपाका नेता डा. बाबुराम भट्टराईले जानकारी दिएका हुन्।
‘विप्लव नेतृत्वको नेकपा परित्याग गरी तत्कालीन मध्य केन्द्रीय कमाण्डका सैन्य कमाण्डर जीवन लामा (जिमी)को नेतृत्वमा ब्युरो सदस्यहरू प्रह्लाद फुयाल, गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेताहरू जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ’, उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘वैकल्पिक शक्ति निर्माणमा सबैलाई स्वागत!’
यसले वैकल्पिक शक्ति निर्माणमा सहयोग पुग्ने भट्टराईको भनाइ छ।


प्रतिक्रिया