ad ad

समाज


सामानका प्याकेटबाट कोरोना सर्छ कि सर्दैन? यी हुन् संक्रमण सर्ने मुख्य माध्यम

सामानका प्याकेटबाट कोरोना सर्छ कि सर्दैन? यी हुन् संक्रमण सर्ने मुख्य माध्यम

नेपालखबर
भदौ ७, २०७७ आइतबार ३:५७,

हालै चीनमा आयातीत कुखुराको मासु (प्याकिङ गरिएको) मा कोरोना भाइरस भेटियो। बजारमा धेरै यस्ता सामान छन्, जुन प्याकेटमा पाइन्छन्। र, भनिन्छ कि भाइरस कुनै सतहमा लामो समयसम्म बाँच्छ।

अब प्रश्न उठ्छ– त्यसो भए खानेकुराको प्याकेटबाट पनि कोरोना भाइरस सर्न सक्छ?

सिद्धान्ततः सामानको प्याकेटबाट पनि कोरोना सर्न सक्छ।

प्रयोगशालमा गरिएको अध्ययनअनुसार बाहिरी वातावरणमा पनि भाइरस कैयौं घण्टासम्म जीवित रहन सक्छ। खासगरी कार्टुन र प्लास्टिकमा।

यो भाइरस कम तापक्रममा लामो समयसम्म बाँच्न सक्छ र धेरै खाद्य सामग्री कम तापक्रममा एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ।

तर कतिपय वैज्ञानिकले यो प्रश्न पनि उठाएका छन् कि प्रयोगशालाबाहिर पनि यो स्थितिमा यस्तै नतिजा आउँछ?

युनिभर्सिटी अफ लेस्टरका श्वासप्रश्वास विज्ञानका सहप्राध्यापक डाक्टर जुलियन टाङ प्रयोगशाला बाहिरको वातावरण लगातार बदलिइरने भएकाले भाइरस धेरै समय बाँच्न नसक्ने दाबी गर्छन्। 

रटजर्स युनिभर्सिटी माइक्रोबायोलजीका प्राध्यापक इमानुएल गोल्डम्यानलका अनुसार प्रयोगशालामा अध्ययनका लागि १० करोड भाइरल कण नमुनाका रूपमा प्रयोग हुन्छन् भने संक्रमितले हाच्छिउँ गर्दा सतहमा त्यस्ता कण १०० वटा मात्र झर्छन्। 

गत जुलाईमा लानसेट पत्रिकामा उनले भनेका छन्, ‘मेरो विचारमा, निर्जीव सतहको माध्यमबाट संक्रमण सर्ने सम्भावना एकदमै कम हुन्छ। त्यस्तो बेला मात्रै सर्न सक्छ, जतिबेला संक्रमित व्यक्तिले खोक्ने वा हाच्छिउँ गर्नेबित्तिकै (एक घण्टा वा २ घण्टाभित्र) अर्काे व्यक्तिले त्यो सतहलाई छुन्छ।’

अमेरिकाको स्वास्थ्य एजेन्सी सेन्टर्स फर द डिजिज कन्ट्रोल (सीडीसी) ले आफ्नो वेबसाइटमा लेखेको छ– ‘भाइरसबाट संक्रमित कुनै सतह वा सामान छोएमा पनि व्यक्तिलाई भाइरस सर्न सक्छ।’ सँगसँगै यो पनि लेखिएको छ– ‘तर यो, भाइरस फैलिने मुख्य माध्यम होइन।’

मुख्य रूपमा कोरोना भाइरस मानिसबाट मानिसमा सीधा सर्छ। जस्तै :

–एकअर्काबीच ज्यादै नजिकको सम्पर्क गरेमा (२ मिटर वा ६ फिटभन्दा कम दूरी)

–संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ वा कुरा गर्दा निस्किने छिटाबाट

–जब संक्रमित व्यक्तिले निकाल्ने त्यस्ता छिटा उसका अगाडि उभिएका व्यक्तिको नाक-मुखमा पर्छन् (अर्थात् अर्काे व्यक्तिले श्वासमार्फत आफ्नो शरीरभित्र प्रवेश गराउँछ) ।

डाक्टर टाङ, कुनै प्याकिङ सामानबाट भाइरस सरेको प्रमाणित गर्न पनि गाह्रो हुने बताउँछन्। बीबीसीमा प्रकाशित रिपाेर्टकाे भावानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .