ad ad

समाज


काठमाडौंको ओम हस्पिटलमा कोरोना संक्रमित महिलाको मृत्यु, घर सिन्धुली, बसाइ सर्लाही

काठमाडौंको ओम हस्पिटलमा कोरोना संक्रमित महिलाको मृत्यु, घर सिन्धुली, बसाइ सर्लाही

नेपालखबर
भदौ ६, २०७७ शनिबार १०:४६,

काठमाडौंको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको आईसीयूमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार सिन्धुलीको मरिन गाउँपालिका स्थायी घर भई सर्लाहीको लालबन्दी नगरपालिका–७ मा बसोबास गर्ने गरेकी ३३ वर्षीया उनको शुक्रबार राति मृत्यु भएको हो ।

उनको माइतीघर रहेको सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले कोरोना संक्रमणकै कारण ती महिलाको मृत्यु भएको पुष्टि गरे। 

‘माइती पक्षले मलाई गराएको जानकारीअनुसार काठमाडौंको ओम हस्पिटलमा शुक्रबार राति उनको मृत्यु भएको हाे, उनमा कोरोना पुष्टि भएको थियो,’ उनले भने। 

ती महिलामा ५–६ दिनदेखि ज्वरो, रुघोकीको समस्या भइरहेको थियो। उतै टाइफाइडको औषधि खाइरहेकी थिइन्।

तर अवस्था जटिल बनेपछि भरतपुर अस्पताल ल्याइएकामा भर्ना लिन नमानेपछि २–३ दिनअघि काठमाडौं ल्याइएको हो।

भदौ ३ गतेदेखि ओम हस्पिटलको आईसीयूमा राखिएकी ती महिलाको शुक्रबार राति १० बजेतिर मृत्यु भएको हो। काठाडौंमै गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको अस्पतालले परिवारलाई जानकारी गराएको छ।

वडाध्यक्ष आलेका अनुसार ती महिलामा यसअघि कुनै दीर्घ राेग पनि नभएकाे परिवारले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .