समाज


प्रदेश पाँचमा ५८ जना संक्रमित थपिए

प्रदेश पाँचमा ५८ जना संक्रमित थपिए

प्रकाश न्यौपाने
भदौ ४, २०७७ बिहिबार १२:१,

प्रदेश नम्बर ५ मा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलका अनुसार कपिलवस्तुमा २४, बाँकेमा १९, बर्दियामा ५, दाङ र रुपन्देहीमा चार-चार तथा गुल्मी र पाल्पाका एक-एक जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितमध्ये ४७ जना पुरुष र ११ जना महिला छन्।

थपिएका संक्रमितसँगै प्रदेशमा अहिलेसम्म ५ हजार ३ सय ४६ जनामा कोरोना भाइरस पुष्टि भएको छ। संक्रमितमध्ये ४ हजार २९६ जना उपचारपछि निको भएका छन्। १ हजार ३१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको डा.पौडेलले जानकारी दिए।

यस्तै, प्रदेशमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .