ad ad

कला


पत्रकार प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माबीच भयाे सहमति

पत्रकार प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माबीच भयाे सहमति

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ११:४७,

चलचित्र पत्रकार प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माबीच सहमति भएको छ ।

एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘रजतपट’ कार्यक्रमअन्तर्गत गत साउन २२ गते सञ्चालक सुवेदीले नायिका शर्मालाई लक्ष्य गरी बोलेको गाली शब्दका विषयमा जारी विवाद समझदारीमा टुंग्याइएको हो ।

सञ्चारकर्मी सुवेदीलाई अभिनेत्री शर्मालाई लक्ष्य गरी ‘दाह्रा भएको नायिका’ भनेका थिए। त्यसपछि नायिका शर्माले आफ्नो मानहानि भएको भन्दै चलचित्रसम्बद्ध विभिन्न संघ संस्थानमा उजुरीसमेत दिएकी थिइन्।

व्यापक विरोध भएपछि पत्रकार सुवेदीले टेलिभिजनमै एक विशेष भिडियो बनाएर माफीसमेत मागेका थिए। तर पनि चलचित्र क्षेत्रका सात संगठनले उनको अभिव्यक्ति ‘आपत्तिजनक’ भन्दै ‘रजतपट’ कार्यक्रम नै बहिष्कार गर्न सम्पूर्ण सिने कलाकारलाई आह्वानसमेत गरेका थिए।

याे पनिपत्रकार प्रकाश सुवेदीविरुद्ध चलचित्रसम्बद्ध ७ संगठन एकजुट : ‘रजतपट’मा कोही सहभागी नहुनू

सोही विषयमा एपीवान टेलिभिजनका अधिकारीको रोहवरमा दुई पक्षबीच सहमति गराइएको हो ।

‘भविष्यमा एकअर्काको पेसा, व्यक्तित्वसमेतलाई सम्मान गर्दै आआफ्नो पेसागत मर्यादामा रही प्रचलित कानुन र पेसागत आचारसहिंताको परिपालनातर्फ सजग रही भविष्यमा आपसी सद्भाव बिग्रन नदिने प्रवृत्तिगत विषयमा समेत दुवै पक्ष संवेदनशील र सचेत रहने,’ समझदारी पत्रमा भनिएको छ।

thumb 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .