उपत्यकामा २ सय जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका हुन्।
कुन जिल्लामा कति थपिए?
प्रदेश १ मा उदयपुरमा ४, झापामा १, तेह्रथुममा ९, धनकुटामा १, मोरङमा ९ जना, सुनसरीमा १३ जना थपिएका छन्।
त्यस्तै, प्रदेश २ मा धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा १९, सर्लाहीमा ९३ र सिरहामा २१ जना संक्रमित थपिएका छन्।
वाग्मती प्रदेशमा काठमाडौंमा १७४, काभ्रेमा १, चितवनमा १, दोलखामा २, धादिंगमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा २५, ललितपुरमा १८, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जना थपिएका छन्।
यस्तै, गण्डकी प्रदेशमा कास्कीमा १९, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्व ३, बाग्लुंगमा ८, स्याङ्जामा १, कपिलवस्तुमा ३०, गुल्मीमा ३ जना संक्रमित फेला परेका छन्।
प्रदेश ५ मा दाङमा ४, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६, रुपन्देहीमा १८ र रोल्पामा १ जना थपिएका छन्।
कर्णालीमा कालीकोटमा १, जाजरकोटमा १, दैलेखमा १९, रुकुमपश्चिममा १, सल्यानमा १, सुर्खेतमा १ जना थपिएका छन्।
सुदूरपश्चिममा अछाममा ३१, कैलालीमा १, डडेल्धुरामा २, डोटीमा १६, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ गरी जम्मा ७०७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

प्रतिक्रिया