खेल


इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक, कुन टाेली कुनसँग भिड्ने?

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक, कुन टाेली कुनसँग भिड्ने?

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १०:२५,

प्रिमियर लिगको नयाँ सिजन २०२०–०२१ को खेल तालिका सार्वजनिक भएको छ।

लिगको पहिलो दिन डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियनसिप विजेता लिड्स युनाइटेडसँग खेल्नेछ। लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि उचालेको थियो। लिगको नयाँ सिजन १२ सेप्टेम्बरबाट सुरु हुनेछ।

english premier league 2021

सार्वजनिक तालिकाअनुसार पहिलो दिन ६ खेल हुनेछन्। पहिलो दिन क्रिष्टल प्यालेस र साउथहेम्टन, फुलह्याम र आर्सनल, टोटनह्याम हट्सपुर र एभर्टन, वेष्ट ब्रुम एल्बिन र लेष्टर सिटी र वेष्ट ह्याम युनाइटेड र न्युक्यासल युनाइटेड भिड्नेछन्।

१४ सेप्टेम्बरमा ब्राइटन र चेल्सी, सेफिल्ड युनाइटेड र वुल्भ्स, खेल्नेछन्।

वर्नली र म्यानचेष्टर युनाइटेड तथा म्यानचेष्टर सिटी र एष्टन भिल्लाको खेलको तालिका भने पछि सार्वजनिक गरिनेछ। लिगको फाइनल खेल भने मे २३, २०२१ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad