पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ६८१ जनामा कोरोना पुष्टि भएको बताए।
यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको थियो।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। योसँगै निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ।
प्रतिक्रिया