सिरहा प्रहरीले एक वर्ष अघि गोली हानी एक युवाको हत्या गरेको आरोप लागेका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
आरोपी मिर्चैया नगरपालिका–५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
२०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए।
उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी लाल कुमारलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया