प्रहरीले राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरेको छ।
बुधबार प्रहरीले म्युजिक भिडियोका लागि राष्ट्रिय झण्डा जलाउने र उक्त भिडियो युट्युब च्यानलमा पोस्ट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिएको हो।
पक्राउ गरिएको ९ जनालाई नै कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङसहितको समूहले भदौ १ गते मंगोल हबको अफिसियल युट्युव च्यानलमा नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेका थिए।
सो म्युजिक भिडियो सार्वजनिक भए लगत्तै त्यसको सर्वत्र विरोध हुनुका साथै उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न माग गरिएको थियो।

प्रतिक्रिया