समाज


टिपरको ठक्करबाट बालकको मृत्यु

टिपरको ठक्करबाट बालकको मृत्यु

नेपालखबर
भदौ २, २०७७ मंगलबार १४:३३,

दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले अपराह्न २ः३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

भालुबाङबाट लमही जाँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन्। तीव्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad