ad ad

समाज


कोरोना संक्रमणबाट काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु

कोरोना संक्रमणबाट काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु

नेपालखबर
भदौ २, २०७७ मंगलबार ३:१७,

कोरोना संक्रमणको कारण काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा उपचारको क्रममा गए राति ती बृद्धको मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए।

 उनमा २७ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनकाे आइसियुमा राखेर उपचार हुँदै आएको थियो।

‘धुलिखेल घर भएका उहाँ काठमाडौं वानेश्वर बस्नु हुन्थ्यो,’ प्रजिअ तिमल्सिनाले मंगलबार बिहान नेपालखबरसँग भने, ‘दिसा रोकिने समस्या भएपछि उहाँलाई आफन्तले २७ गते धुलिखेल अस्पताल भर्ना गरेका थिए। स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। उपचारकै क्रममा गएराति उहाँको मृत्यु भयो।’

सरकारले बनाएको कार्यविधिअनुसार पशुपति आर्यघाटमा ल्याएर उनको अन्त्यष्टि गर्ने तयारी आफन्तले गरेका छन्।

योसँगै काभ्रेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

यसअघि २६ साउनमा पाँचखाल ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ललितपुरस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएको थियो।

याे पनि बाँकेमा कोरोना संक्रमणबाट सोमबार राति ५५ वर्षीय पुरुषको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .