नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। यसमध्ये काठमाडौं उपत्यकाका मात्रै १ सय ६८ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७३ महिला र ४०८ पुरुष गरी कुल ५८१ जना थप संक्रमित भेटिएको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज ९ हजार ६ सय ३९ सक्रिय संक्रमित छन्। त्यस्तै, होम आइसोलेसनमा २ हजार ६ सय १ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १६० जना निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ५२० को परीक्षण गरिएको छ।
कुन जिल्लाका कति?
एपीएफ हस्पिटल प्रयोगशालामा काठमाडौंका ६ जना, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २४ र सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, विध ल्याब ललितपुरमा बाराका १ जना, भक्तपुरका १ जना, काठमाडौंका ६ जना, ललितपुरका १ जना र पर्साका ३ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, वीर अस्पताल प्रयोगशाला काठमाडौंमा बाराका १ जना, काठमाडौंका ११ जना, पर्सा र सप्तरीका १÷१ जनामा संक्रमण भेटिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरंगका ११ जना, धनुषाका १, झापाका १ र सुनसरीका ३१ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका १ जना, धुलिखेल अस्पताल प्रयोगशालामा बाराका १४ जना, काठमाडौंका २ जना, पर्साका ५८ जना र काभ्रेका ४ जनामा पुष्टि भएको छ। ह्याम्स अस्पताल प्रयोगशालामा भक्तपुरका ३, काठमाडौंका १६, महोत्तरीका १ र पर्साका १ र धनुषाका १ जनामा कोरोना भेटिएको छ।
यसबाहेक, स्वास्थ्य कार्यालय दैलेख प्रयोगशालामा दैलेखका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा जुम्लाका ३ जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल प्रयोगशालामा भक्तपुरका १ जना, काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भेटिएको छ। कोशी अस्पताल प्रयोगशाला विराटनगरमा मोरंगका ७ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका १० जना र कपिलवस्तुका १ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा बाराका ५ जना र पर्साका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका ३५ जना, भक्तपुरका १ जना, काठमाडौंका २० जना, ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका ३ जना, सर्लाहीका १३ जना र सिन्धुपाल्चोकका ५ जना रहेका छन्। नेशनल प्याथल्याब रुपन्देहीमा रुपन्देहीका ११ जना र कपिलवस्तुका १ जनामा कोरोना भेटिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कास्कीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा काठमाडौंका २ जना, मोरंगका २२ जना, झापाका ६ जना, सुर्खेत र तनहुँका १÷१ जनामा कोरोना पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका १ जना, प्युठानका २८ जना र रुपन्देहीका ९ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा कास्कीका १२ जना, नवलपरासी पूर्वका १ जना र स्यांग्जाका ४ जनामा कोरोना भेटिएको छ। त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा दाङका १ जना, सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा कैलालीका १६ जना, कञ्चनपुरका १२ जना, वीरेन्द्र अस्पताल प्रयोगशालामा कास्कीका १ जना, काठमाडौंका ७ जना, सूर्या प्याथल्याबमा भक्तपुरका १ जना, काठमाडौंका १ जना र पर्साका १ जनामा कोरोना भेटिएको छ।
स्टार अस्पताल प्रयोगशाला सानेपामा बाराका १ जना, भक्तपुरका २ जना, दांगका १ जना, काठमाडौंका ७ जना, ललितपुरका ३ जना, धनुषाका १ जना, मकवानपुरका १ जना, झापाका १ जना र धादिंगका २ जनामा कोरोना पुष्टि भएको छ। शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बाराका २ जना, भक्तपुरका २ जना, काठमाडौंका २० जना, ललितपुरका ४ जना, पर्साका १ जना, चितवनका १ जना, सर्लाहीका १ र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा भक्तपुरका १ जना, काठमाडौंका ११ जना, महोत्तरीका १ जना, पर्साका २ जना, रुपन्देहीका २ जना, सर्लाहीका १ जना, धादिंगका २ जना, तनहुँ र नुवाकोटका १÷१ जनामा कोरोना देखिएको छ।
किटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौंडामा मकवानपुरका ३ जना र सर्लाहीका २ जना, नेपाल प्रहरी अस्पताल काठमाडौंमा काठमाडौंका १७ जना र ललितपुरका १ जनामा कोरोना भेटिएको छ। नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा भक्तपुरका २ जना, काठमाडौंका ९ जना, ललितपुरका २ जना र पर्साका २ जनामा कोरोना भेटिएको छ।
आज जम्मा महिला १७३ र पुरुष ४०८ गरी कुल ५ सय ८१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया