दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७ चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आइतबार बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला पारेको हो।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार व्यक्ति हुन्। मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुरजनारायण चौधरीको भने शनिबार राति नै शव फेला परेको थियो। पुलमा ठोकिँदा मोटरसाइकलसहित दुवै नदीमा खसेका थिए। दुवैको शव अहिले परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस
3
Shares

प्रतिक्रिया