कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखा जिल्लामा आज (साउन ३१) देखि भदौ ६ गतेसम्मका लागि लकडाउन गरिएको छ।
शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएकाले थप फैलिन नदिन जिल्लाभर लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
आज बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र जिल्लाभर सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएको उनले बताए। रासस

प्रतिक्रिया