राजनीति


नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १३:३५,

नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रबार) स्वीकृत गरिन्।

नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो।

विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो। सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ। त्यसैले उक्त प्रयोजनका लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जानकारी दिएको छ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरु, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।

अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्न कुटनीतिक नियोग, समग्र अन्तर्राष्ट्रिय समुदायमा पठाउनका निम्ती बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad