समाज


पोखरामा महिलाको एक लाख बढी नगद लुटियो

पोखरामा महिलाको एक लाख बढी नगद लुटियो

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ६:५२,

कास्कीको पोखरामा बिहीबार साँझ एक महिलाको एक लाखभन्दा बढी रकम लुटिएको छ।

स्कुटरमा शिव टोलतर्फ जाँदै गरेकी पोखराको नयागाउँ सेन्टमेरिज चोक बस्ने सीता गिरीको नगदसहितको ब्याग लुटिएको हो। उनलाई सिताराम प्लटिङ नजिकै लुटपाट गरेको गिरीले प्रहरीलाई बताएकी छन्।

मोटरसाइकलमा आएका दुई युवकले आफ्नो ब्याग नै लुटेर भागेको सीताले बताएकी छन्।

३४ वर्षीया गिरीको ब्यागमा एक लाख २७ हजार नगद रहेको उनले प्रहरीलाई जानकारी दिएकी छन्।

चोरी कार्यमा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad