सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्।
अहिले पहिरो गएको स्थलमा रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिए। उनले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिए।
‘अहिलेसम्म एकै परिवारका ६ जनासहित ३८ जान बेपत्ता भएको जानकारी आएको छ’, नेपालखबरसँग कुरा गर्दै न्यौपानेले भने, ‘८ घाइतेको उद्धार गरी उपचारका लागि पठाएका छौँ।’
उनले पहिरोबाट ३७ घर पूर्णरुपमा ध्वस्त भएको जानकारी दिए।

प्रतिक्रिया