समाज


आज वर्षाको सम्भावना कस्ताे छ?

आज वर्षाको सम्भावना कस्ताे छ?

नेपालखबर
साउन २९, २०७७ बिहिबार ०:५३,

अहिले (बिहीबार बिहान ६:२५ बजे) देशभर मौसम सामान्य बदली छ भने केही स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र प्रदेश १ को तराई क्षेत्रका केही स्थानमा वर्षा भइरहेको हो। अन्य स्थानमा मौसम बदली (बादल लागेको) छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ-

‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश,  प्रदेश नं ५, कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौमविद् पौडेलका अनुसार आज काठमाडौं उपत्यकामा भने दिउँसो पानी पर्ने सम्भावना देखिएको छैन। मौसम बदली भने हुनेछ। ‘दिउँसो केही बेर मौसम खुल्न पनि सक्छ,’ उनले भने, ‘साँझ वा बेलुकीपख भने वर्षाको सम्भावना छ।’

मौसमविद् पौडेलका अनुसार भोलि (शुक्रबार)देखि भने पूर्वका प्रदेशमा मौसम केही खुल्ने सम्भावना छ। पश्चिमतर्फका प्रदेशमा भने बदली तथा वर्षाको सम्भावना छ। अहिले मनसुनको न्यून चापीय नेपालको पश्चिमतर्फ केही नजिक भएको छ भने पूर्वमा टाढा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad