समाज


६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

नेपालखबर
साउन २८, २०७७ बुधबार १६:१३,

त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। दुई चिकित्सक र चार स्टाफ नर्समा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

इमर्जेन्सीमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ।

संक्रमित चिकित्सकको सोही अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको छ।

बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad