ad ad

समाज


बुटवलस्थित कोरोना अस्पतालमा मुत्यु भएकामा थियो निमोनिया र किड्नीको समस्या

बुटवलस्थित कोरोना अस्पतालमा मुत्यु भएकामा थियो निमोनिया र किड्नीको समस्या

प्रकाश न्यौपाने
साउन २८, २०७७ बुधबार ६:२७,

बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएका दुई जनामा निमोनिया र किड्नीको समस्या रहेको पाइएको छ।

उपचारका क्रममा मुत्यु भएका कपिलवस्तु कृष्णनगरका ४२ वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया, दायाँ फोक्सो र पिसाबमा समेत खराबी देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।

२५ गते अस्पताल भर्ना भएका उनको पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएपछि सोही दिन कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको बुधबार बिहान साढे चार बजे मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पसर्न डा. सुदर्शन थापाले बताए।

यस्तै, अर्का मृतक कोरोना भाइरसको लक्षण देखिएका तौलिहवाका २५ वर्षीय पुरुषमा किड्नी र उच्च रक्तचापको समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए। उनी हिजो मात्रै कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए। ‘कोरोनाका लक्षणसँगै उहाँहरु दुबैजना अन्य रोगबाटसमेत ग्रसित भएको पाइयो’, उनले भने। यी पुरुषको गएराति साढे २ बजे मुत्यु भएको हो उनको हिजोमात्रै पीसीआर जाँचका लागि स्वाब लिइएको थियो। रिपोर्ट अझै आएको छैन।

‘उहाँ पनि संक्रमित हो÷होइन भन्ने कुरा रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ, आज साँझसम्म रिपोर्ट आउँछ’, डा. थापाले भने । कोरोनाबाट मृत्यु हुनेको संख्या प्रदेश ५ मा १५ पुगेको छ । गएराति मृत्यु भएका एक जनाको रिपोर्ट भने आउन बाँकी छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .