समाज


पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

नेपालखबर
साउन २८, २०७७ बुधबार १:२७,

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप मंगलबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ। जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जीपमा १० जना सवार थिए। घाइतेलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ। दुर्घटनापछि जीप चालक फरार भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad