समाज


रुसले आफूले बनाएको कोरोना खोप सफल भयो त भन्यो तर...

रुसले आफूले बनाएको कोरोना खोप सफल भयो त भन्यो तर...

नेपालखबर
साउन २८, २०७७ बुधबार १:१६,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले कोरोनाविरुद्ध तयार बनाएको भनेको खोपबारे अनभिज्ञता प्रकट गरेको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप अब सबैलाई लगाउन तयार भएको मंगलबार घोषणा गरेका छन्। 

त्यस क्रममा उनले २ महिनासम्म मानिसमा गरिएको परीक्षणले यो खोप सबै किसिममले सुरक्षित र प्रभावकारी भएको दाबी गरेका छन्। खोप आफ्नो छोरीले पनि लगाएको र सफल देखिएकाे उनको भनाइ छ। खाेपलाई रुसकाे स्वास्थ्य मन्त्रालयले अनुमतिसमेत प्रदान गरिसकेकाे राष्ट्रपति पुटिनले जानकारी दिएका छन्। 

तर यति छोटो समयमै रुसले खोप बनाएकाप्रति डब्लुएचओसहित विश्वका वैज्ञानिकले शंका र चिन्ता प्रकट गरिरहेका छन्। परीक्षणका सबै चरण पूरा नभएको आशंका उनीहरूले गरेका हुन्।

यसै क्रममा डब्लुएचओको पछिल्लो अभिव्यक्ति आएको हो। डब्लुएचओले रुसले बनाएको खोपबारे आफूलाई कुनै जानकारी नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नभएको टिप्पणी गरेको छ।

यसअघि नै डब्लुएडब्लुएचओले रुसलाई खाेप बनाउँदा यससम्बन्धी मार्गनिर्देश पालना गर्न भनेकाे थियाे। 

डब्लुएचओअन्तर्गत प्यान(अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘ब्राजिलले पनि कोरोनाविरुद्ध खोप उत्पादन सुरु गर्ने भनेको छ। तर परीक्षण प्रक्रिया पूरा नगरी उत्पादनमा जान मिल्दैन।’

उनका अनुसार खाेप बनाउँदा डब्लुएडब्लुएचओले जारी गरेकाे गाइडलाइन पालना गरे मात्र त्यसकाे विश्वसनीयता प्रमाणित हुन्छ र डब्लुएचओले त्याे खाेप सबैका लागि सिफारिस गर्छ। एजेन्सीकाे सहयाेगमा

याे पनि : 

रुस भन्छः २० देशबाट एक अर्ब कोरोना खोपको माग भएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad