समाज


कोरोना संक्रमितबाट जन्मिएको शिशुको मृत्यु

कोरोना संक्रमितबाट जन्मिएको शिशुको मृत्यु

नेपालखबर
साउन २७, २०७७ मंगलबार १५:५९,

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना संक्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

भेरी अस्पतालमा भर्ना भएकी रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो।

ती महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्माएकी थिइन्। मेडिकल कलेजमा कोरोना संक्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad