समाज


कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

नेपालखबर
साउन २७, २०७७ मंगलबार ११:३५,

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना भाइरसका कारण नेपालमा थप थप चार जनाको मृत्यु भएको बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ बस्ने ६० वर्षीय पुरुष रहेका छन्। उनको सोमबार राति १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो।

त्यस्तै धनुषाकै मिथिला बिहारी नगरपालिका ५ का ५० वर्षीय पुरुष को पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ।

क्यान्सर अस्पताल जनकपुरमा अस्पतालमा काम गर्ने उनको साउन २५ गते निधन भएको हो।

त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका १ कि ५० महिलाको मंगलबार किष्ट मेडिकल शिक्षण अस्पताल ललितपुरमा निधन भएको प्रवक्ता गौतमले बताए।

त्यस्तै सिन्धुपाल्चोकको बमाह्रबिसे नगरपालिका ४ निवासी ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा उनको साउन २२ गते मृत्यु भएको र मृत्युपछि मात्रै उनमा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad