राजनीति


बढी जनसम्पर्क हुने कार्यालय अनिश्चितकालीन बन्द (मन्त्रिपरिषदका निर्णय सहित)

बढी जनसम्पर्क हुने कार्यालय अनिश्चितकालीन बन्द (मन्त्रिपरिषदका निर्णय सहित)

नेपालखबर
साउन २७, २०७७ मंगलबार ११:३१,

सरकारले बढी जनसम्पर्क हुने सरकारी सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने।’

उनले कार्यालयहरुले सकेसम्म घरैबाट काम गर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन्। बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन्।

याे पनि: शैक्षिक संस्था अर्को सूचना नआएसम्म बन्द

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका डा. खतिवडाले अहिले लकडाउनको अवस्था नरहेकोले बढी जोखिम देखिएका वा संक्रमण बढ्दै गएका स्थानमा कडाई गर्ने र कम देखिएको स्थानमा खुकुलो गर्दै जाने गरी स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको बताए।

1_9.jpg

2_9.jpg

3_8.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad