ad ad

समाज


उपत्यकामा ४४ जना थपिँदा बाँकेमा एकै दिन ६३ जनामा कोरोना, अरु जिल्लामा कति संक्रमित?

उपत्यकामा ४४ जना थपिँदा बाँकेमा एकै दिन ६३ जनामा कोरोना, अरु जिल्लामा कति संक्रमित?

नेपालखबर
साउन २६, २०७७ सोमबार ११:१६,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन्।

आज काठमाडौंमा मात्रै ३६ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै ललितपुरमा ४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा पनि ४ जना थपिएका छन्। आज उपत्यकामा थपिएकाे संक्रमित संख्या ४४ पुगेको छ।

कुन जिल्लामा कति?
यसबाहेक झापाका १ जना, खोटाङका २ जना र मोरंगका १४ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, धनुषाका १३, महोत्तरीका ३, बाराका १, पर्साका २१ जना, काठमाडौंका ३६, ललितपुरका ४, नुवाकोटका ३, रौतहटका ३१ जनामा कोरोना भेटिएको छ।

त्यस्तै, सर्लाहीका २१ जना, सिन्धुपाल्चोकका १ जना, बाराका २ जना, मकवानपुरका २३ जना, सिन्धुलीका ६ जना, अछामका १ जना, अर्घाखाँचीका १ जना, बाग्लुंगका १ जना, बाँकेका ६३ जनामा कोरोना पुष्टि भएको छ।

बर्दियाका २, भक्तपुरका ४, चितवनका १, दांगका ५, गोरखाका ३, कपिलवस्तुका ११, पाल्पाका १, रामेछाप १ र पर्सा १ जनामा पनि कोरोना भेटिएको छ। यस्तै, स्याङ्जाका १, तनहुँका २, नवलपरासी पूर्वका २ जना, प्यूठानका १५, रुपन्देहीका १, कैलालीका ७, सल्यानका ७, रोल्पाका १, र सुर्खेतका १ जनामा पनि कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार दैलेखका १७ जना र बैतडी र बझाङका १÷१ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .