ad ad

समाज


सबै अस्पताललाई सरकारले भन्यो– २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याऊ

सबै अस्पताललाई सरकारले भन्यो– २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याऊ

नेपालखबर
साउन २६, २०७७ सोमबार ११:२६,

सरकारले निजी, सामुदायिक, सरकारी र गैरसरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड बिरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन दिएको छ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई उक्त निर्देशन दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमा उपत्यकाका ४४ र बाँकेका ६३ जना छन्।

मृतक थपिए
यस्तै, सोमबार मात्रै कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन्।

काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो।

यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए।

२३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी बिरामी थिइन्।

यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यस्तै, सोमबार ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ। आजसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण भएकोमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ।

सोमबार १ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ३ र गण्डकी प्रदेशमा १ हजार ४ सय ६५ जना डिस्र्चाज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८१, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४० गरी आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रदेश नम्बर १ मा ५ सय २९, प्रदेश नम्बर २ मा ३ हजार १ सय ४४, बागमती प्रदेशमा १२ सय १० र गण्डकी प्रदेशमा २ सय ३३ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ४३, कर्णाली प्रदेशमा १ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९५ गरी ६ हजार ७ सय ३८ जना संक्रमित विभिन्न अस्पतलाका आइसोलेसनमा उपचाररत रहेका छन ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय ६४, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३०, बागमती प्रदेशमा १ हजार २२ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय २७, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ४२ गरी देशभरी १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा रहेका छन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .