समाज


नाइजरमा ६ फ्रान्सेली नागरिकको हत्या

नाइजरमा ६ फ्रान्सेली नागरिकको हत्या

नेपालखबर
साउन २६, २०७७ सोमबार ९:४,

ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ। प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो।

उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए। उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ।

यस विषयको विस्तृत समाचार भने आएको छैन। ती सहायताकर्मीहरुले अन्तर्राष्ट्रिय सहायता समूह एटिसीइडीमा काम गर्ने गरेका थिए। सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामा जनाइएको छ।

आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ। उनीहरु आइतबार मारिएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो।

फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गरेको अलजाजिरा टिभीले जनाएको छ।

नाइजरका राष्ट्रपति मोहमदु इसोफूले उक्त घटनाको निन्दा गरेका छन्। यसरी नागरिकको हत्या गर्ने काम जघन्य अपराध भएको भन्दै फ्रान्सेली सरकार र नागरिप्रति उनले सहानुभूति दिएको पनि समाचारमा जनाइएको छ।

यस घटनाको अनुसन्धान शुरु भएको छ। हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही बताइएको छैन। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad