कारोबार


विमानस्थलकाे जग्गा अधिग्रहण गर्न साढे ४ अर्ब बजेट

विमानस्थलकाे जग्गा अधिग्रहण गर्न साढे ४ अर्ब बजेट

नेपालखबर
साउन २५, २०७७ आइतबार ८:२९,

नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहणको लागि मात्रै ४ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ। प्राधिकरणले चालू आर्थिक वर्षको लागि अन्तर्राष्ट्रियसहित आन्तरिक विमानस्थलको लागि उक्त बजेट विनियोजन गरेको हो।

प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाका लागि २ अर्ब १६ करोड ८३ लाख बजेट विनियोजन गरेको जनाएको छ।

‘प्राधिकरणको गुरुयोजनाअनुसार बजेट विनियोजन गरिएको हो’, प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन तथा थप रनवेको लागि समेत जग्गा प्रयोगमा आउँछ।’

त्यस्तै प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलतर्फ निजगढ विमानस्थलको लागि २० करोड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ७८ करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८० करोड बजेट विनियोजन गरेको छ।

आन्तरिक विमानस्थलको स्तरोन्नति तथा थप पूर्वाधार निर्माणको लागि ताप्लेजुङ, चन्द्रगढी, विराटनगर, रामेछाप, सुर्खेत, नेपालगञ्ज, धनगढी जुम्ला, राजविराज र डोटी विमानस्थल विस्तारको लागि आवश्यक जग्गा अधिग्रहण गर्न ६१ करोड बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।

दाङको नारायणपुरमा नयाँ विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहण गर्न ५० लाख छुट्याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad