ad ad

समाज


भारतमा भयावह बन्दै कोरोना : एकै दिन ६५ हजारमा संक्रमण, ८७५ को मृत्यु

भारतमा भयावह बन्दै कोरोना : एकै दिन ६५ हजारमा संक्रमण, ८७५ को मृत्यु

नेपालखबर
साउन २५, २०७७ आइतबार ०:४७,

पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा देखिएका छन्। भारतमा एकै दिन ६५ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार भारतमा ६५ हजार एक सय ५६ जनामा संक्रमण पुष्टि भएको हो। यो संख्या भारतमा कोरोना संक्रमण देखिएयताकै सबैभन्दा बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

संक्रमणको कारण भारतमा शनिबार आठ सय ७५ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ लाख ५२ हजार नाघेको छ भने मृतकको संख्या ४३ हजार चार सय ५३ पुगेको छ। यो आइतबार बिहान सबा ६ बजेसम्मको तथ्यांक हो।

पछिल्लो २४ घण्टामा भारतपछि सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा देखिएको छ। त्यहाँ एकै दिन ५३ हजार सात सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा ४६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ६१ हजार दुई सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच हजार ६ सय १ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .