ad ad

समाज


कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

नेपालखबर
साउन २४, २०७७ शनिबार ११:२०,

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका १, पर्सामा १ र मोराङमा एक जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको मृतयु भएको बताए। पाटन अस्पतालमा उपचाररत ती महिलोको शुक्रबार मृतयु भएको उनले जनाकारी दिए। ती महिला पाठेघरको क्यान्सर र निमोनियाको समस्याबाट पीडित रहेको उनले जनाकारी दिए।

 त्यस्तै कोरोनाबाट पर्साको वीरगन्जका ७४ वर्षीय पुरुषको मृत्यु भएको मनत्रालयले जनाएको छ। वीरगन्ज महानगरपालिका–३ छपकैया ती पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको थियो। मधुमेह र दमका रोगी उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमणबाटै मोरङको विराटनगर महानगरापािलका –९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। उच्च रक्तचापका रोगी ती पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .