ad ad

समाज


यसकारण मानसिक समस्या झेल्दैछिन् पूर्व अमेरिकी प्रथप महिला मिसेल ओबामा..

यसकारण मानसिक समस्या झेल्दैछिन् पूर्व अमेरिकी प्रथप महिला मिसेल ओबामा..

नेपालखबर
साउन २४, २०७७ शनिबार ११:१६,

कोरोना भाइरसको महामारी, अमेरिकामा जारी रहेको जातीय विभेद र अमेरिकी राजनीतिक परिदृश्यका कारण आफूलाई एक किसिमको मानसिक समस्या ‘लो ग्रेड डिप्रेशन’ भएको पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेलले बताएकी हिुन्।

आफ्नो निद्रा र व्यायाम गर्ने तालिकामा कठिनाइ महसुस गरेको उनको भनाइ छ।

उनी भन्छिन्,‘म मध्यरातमा बिउँझिन्छु किनभने म कुनै कुराबारे उद्विग्न भएकी हुन्छु वा एक खालको गह्रुङ्गोपन हुन्छ।’

आफूले सुरु गरेको पडकास्टको दोस्रो भागका लागि अमेरिकी पत्रकार मिसेल नोरिसको अन्तर्वार्ता लिने क्रममा मिसेलले आफ्नो मानसिक स्थितिबारे टिप्पणी गरेकी हुन्।

‘यो आध्यात्मिक रूपमा सन्तुष्ट हुन सकिने समय होइन’ उनी भन्छिन्,‘मलाई थाहा छ म एक किसिमको लो ग्रेड डिप्रेशनसँग सङ्घर्ष गरिरहेकी छु।’

मिसेलका अनुसार क्वारन्टीनका कारण मात्र नभएर निरन्तर रूपमा जातीय द्वन्द्व अनि ट्रम्प प्रशासन देख्दा, त्यसको आडम्बर देख्दा उनी निरुत्साहित हुन्छिन्।

अश्वेत पुरुष वा व्यक्तिलाई कुनै न कुनै रूपमा अमानवीय व्यवहार गरिएको, चोट पुर्‍याइएको, मारिएको वा मिथ्या आरोप लगाइएको समाचारसहित बिउँझिदा दिक्क लाग्ने उनको भनाइ छ।

आफूले पहिले कहिल्यै यस्तो अनुभव नगरेको मिसेलको भनाइ छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .